अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

४२ तोला अवैध सुनसहित पोखराबाट दुई जना पक्राउ

४२ तोला अवैध सुनसहित पोखराबाट दुई जना पक्राउ


पोखरा – ४२ तोला सुनसहित पोखराबाट दुई जना पक्राउ परेका छन्। अवैध सुन लिएर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ। पोखरा ३० पावर हाउसमा चेकजाँच गर्ने क्रममा काठमाडौंबाट पोखरा आउँदै गरेको बसबाट बागलुङका २० वर्षीय अम्मर विश्वकर्मालाई पक्राउ गरेको हो ।

विश्वकर्माको साथबाट २० तोला ४३ लाल ८ प्वाइन्टको ३ थान सिक्री बरामद गरिएको छ। काठमाडौंबाट पोखरा नै आउँदै गरेको माइक्रो बसमा चेकजाँच गर्दा म्याग्दीको अन्नपूर्ण-२ घर भएका २९ वर्षीय अंकित सुनारसमेत समातिएका छन् ।

सुनारको साथबाट ५ थान सिक्री, एक थान औंठी र एक जोर रिङ गरेर कूल २१ तोला ९० लाल ३ प्वाइन्ट अवैध सुन बरामद गरेको कास्की प्रहरीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो।

उनीहरूलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको तिवारीले बताउनुभयो ।