अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललितपुर जिल्ला प्रशासन कार्यालयका कर्मचारीलाई कोरोना : अत्यावश्यकबाहेक सम्पूर्ण सेवा स्थगित

ललितपुर जिल्ला प्रशासन कार्यालयका कर्मचारीलाई कोरोना : अत्यावश्यकबाहेक सम्पूर्ण सेवा स्थगित


ललितपुर – ललितपुर जिल्ला प्रशासन कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा स्थगित गरेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बुधबार सूचना जारी गरी केही कर्मचारीमा संक्रमण देखिएकाले बिहीबारदेखि प्रशासन कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका अन्य सेवा अर्को सूचना जारी नगर्दासम्म बन्द गरिएको जानकारी दिनुभयो ।

बिहीबारदेखि लागू हुने गरी नागरिकता, नागरिकता प्रतिलिपि, संघसंस्था, नाबालक परिचय पत्र, राष्ट्रिय परिचय पत्र र राहदानीसम्बन्धी फाँटतर्फको सेवा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको छ । शान्ति सुरक्षा र मुद्दासम्बन्धी अत्यावश्यक सेवा भने नियमित रुपमा हुने छ ।