अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा सपरिवार कोरोना संक्रमित

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा सपरिवार कोरोना संक्रमित


काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा कोरोना संक्रमित भएका छन् । आठ महिनापछि फेरि सपरिवार संक्रमित भएको शर्माले जानकारी दिनुभयो ।

सार्वजनिक कार्यक्रममा सतर्कता नगरेकै कारण आफू संक्रमित भएको भन्दै उहाँले आत्मालोचना गरेका गर्नुभएको छ । कोरोना लक्षणले ग्रस्तपछि नख्खुस्थित मेडिसिटी अस्पतालमा पीसीआर परीक्षण गर्दा परिवारका सबैको पोजेटिभ रिपोर्ट आएको शर्माले बताउनुभयो ।

उहाँले एक सातासम्म आइसोलेसनमा रहने र त्यसपछि पुनः काममा फर्कने बताउनुभएको छ । चिकित्सक परामर्शमा औषधि लिइरहेको उहाँले बताउनुभयो ।