अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं उपत्यकामा मात्र थपिए ६ हजार ३४३ संक्रमित

काठमाडौं उपत्यकामा मात्र थपिए ६ हजार ३४३ संक्रमित


काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६ हजार ३४३ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ६ हजार ३४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार बुधबार भक्तपुरमा ५७८, ललितपुरमा १०१९ र काठमाडौं ४ हजार ६६६ संक्रमित थपिएका हुन्।

तीनै जिल्लामा जम्मा ६ हजार ३४३ जनामा कोरोना संक्रमण देखिएको हो। देशभरमा सबैभन्दा सक्रिय संक्रमित पनि काठमाडौं उपत्यकामै छन्।  

देशभर गरिएको २३ हजार ४०९ परीक्षणमा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको हो।

जसमध्ये १८ हजार ८७ वटा पिसीआर परीक्षणमा ९ हजार ५०२ जना र ५ हजार ३३१ एन्टिजेन परीक्षणमा १८५० गरी कुल ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

आज देशभरको औसत संक्रमणदर ५२.६ दर रहेको छ।