काठमाडौं – कोरोना संक्रमित मतदाताले पनि राष्ट्रियसभा चुनावमा भोट हाल्न पाउने भएका छन् ।
बुधबार निर्वाचन आयोगले १९ बुँदे मापदण्ड स्वीकृत गर्दै कोरोना संक्रमितले पनि भोट हाल्न पाउने व्यवस्था गर्ने भनेको हो ।
आयोगका साहायक प्रवक्ता कोमलप्रसाद धमलाका अनुसार संक्रमित भएकाहरुलाई भोट हाल्न मतदान केन्द्रमा छुट्टै बाकसको व्यवस्था गरिने छ । उहाँले भन्नुभयो, ‘कोरोना संक्रमित भएका व्यक्तिबाट अर्को व्यक्तिलाई नसर्ने गरी भोट हाल्न पाउने व्यवस्था मिलाउने तयारीमा छौं ।’
१९ सदस्यका लागि यही माघ १२ गते राष्ट्रियसभाको निर्वाचन हुँदैछ । राष्ट्रिय सभामा प्रदेश सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहन्छन् । निर्वाचन आयोगले ७ वटै प्रदेशको प्रदेश राजधानीमा चुनाव हुने गरी मतदान केन्द्र राखेको छ ।






प्रतिक्रिया