कैलाली – नेकपा एमालेका सचिव लेखराज भट्टको गृहनगर गोदावरी नगरपालिका वडा-४ बाट माओवादी केन्द्रका वडा उपाध्यक्ष नरेश बहादुर सिंह नेकपा एमाले प्रवेश गर्नुभएको छ ।
सिंहलाई आज एमाले सचिव भट्टको उपस्थितिमा एमालेमा प्रवेश गराइएको हो । सचिव भट्टले उहाँलाई खादा र अबिर लगाएर एमालेमा स्वागत गर्नुभएको थियो ।
माओवादी केन्द्रको नीति, विचार र सिद्धान्तसँग असहमति जनाउँदै सो पार्टी छोडेको सिंहले बताउनुभएको छ । पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले गोदावरी नगरकमिटी अध्यक्ष गोकर्ण भट्ट, वडा नम्बर ४ का वडा अध्यक्ष रबिन्द्र रोक्का मगर, जिल्ला कमिटी सदस्य हितेश ओझा लगायतको सहभागीता रहेको थियो।







प्रतिक्रिया