काठमाडौं – काठमाडौं उपत्यकामा एकै दिन ६ हजार ९८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ५,००१, ललितपुरमा १,१३० र भक्तपुरमा ८५० जनामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै काठमाडौं उपत्यकामा ३७ हजार ९३ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा २६ हजार ६९८, ललितपुरमा ६ हजार ६१२ र भक्तपुरमा ३ हजार ७८३ सक्रिय संक्रमित छन्।
नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार ३३८ जना कोरोना संक्रमित थपिएका छन्।
मन्त्रालयका अनुसार बिहीबार पिसिआर परीक्षणबाट १० हजार ५२ र एन्टिजेन परीक्षणबाट २२८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा २७ हजार ४९७ जनामा कोरोना परीक्षण गरिएको थियो।
देशभर ५७ हजार ३ सय २८ जना कोरोनाका सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ४ जनाले ज्यान गुमाएका छन्। यस्तै ६४९ जना संक्रमणबाट मुक्त भएका छन्।







प्रतिक्रिया