काठमाडौं – संसद विघटन गरेर बैशाखमा संघीय संसदको निर्वाचन गराउने प्रस्तावमा गनबन्धनका प्रमुख नेताहरुबीच बिहीबार साँझ बालुवाटारमा छलपफल भएको छ।
सत्तारुढ गठबन्धनको आजका लागि तय भएको बैठक स्थगित गरेर प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालबीच छलफल भएको हो ।
कोरोना संक्रमणमुक्त भएपछि अध्यक्ष नेपाल शीर्ष तहको भेटमा आजदेखि सहभागी भएका हुन् । बैठकमा स्थानीय चुनावका सन्दर्भमा कुराकानी भएको बताइएको छ ।
शीर्ष नेताहरुबीचको छलफलपछि सत्तारुढ गठबन्धनको बैठक शुक्रबार अपरान्ह ४ बजे बालुवाटारमा बस्ने तय भएको प्रचण्डको स्वकिय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।
गठबन्धनको बैठकले प्रचण्डले भने जस्तो संसद विघटन गरेर संघीय संसदको चुनाव र त्यसपछि स्थानीय चुनाव गर्ने कि समय मै स्थानीय तहको चुनाव गर्ने भन्ने बारे टुंगो लगाउने बताइएको छ ।







प्रतिक्रिया