काठमाडौं– एमाले स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले शीघ्र निर्वाचनबारे छलफल गरिरहँदा संवैधानिक व्यवस्था अध्ययन गर्न आग्रह गर्नुभएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एक प्रसंगमा सोधेको स्मरण गर्दै भन्नुभएको छ, ‘परमादेशी सरकार गठबन्धनले सुसज्जित त्यस मध्येका प्रचण्ड कमरेडलाई एक प्रसङ्गमा सोधेको थिएँ– कमरेड संविधान निर्माण गर्दा संविधानमा के लेखिएको छ रु त्यो कुरालाई ध्यान दिन पर्छ है । संविधानमा स्थानीय तहको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुनेछ भनी स्पष्ट उल्लेख भएको छ। संवैधानिक व्यवस्थालाई कुल्चिदा गठबन्धनलाई चर्को मूल्य चुकाउन पर्ला है । संविधानले जनप्रतिनिधिविहीन स्थानीय तहको परिकल्पना गरेको छैन। भुइँको टिप्छु भन्दा खल्तीको भुइँमा झर्ला। देशमा राजनीतिक अस्थिरता सृजना गराएको अवगाल आउला नि ।’
सत्ता गठबन्धनले शीघ्र निर्वाचनबारे छलफल सुरु गरेको छ ।







प्रतिक्रिया