अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रेणु यादवलाई मन्त्रीबाट हटाउन प्रधानमन्त्रीसँग एमाले सचिव भट्टराईको माग

रेणु यादवलाई मन्त्रीबाट हटाउन प्रधानमन्त्रीसँग एमाले सचिव भट्टराईको माग


काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले हिंसात्मक अभिव्यक्ति दिने मन्त्री रेणु कुमारी यादवलाई पदबाट हटाउन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गर्नुभएको छ । नेता भट्टराईले सामाजिक सन्जालमार्फत हिंसा भड्काउने र संविधाको बर्खिलाप भाषण गर्ने मन्त्रीलाई तत्काल हटाउन माग गर्नुभएको हो ।

भट्टराईले लेख्नुभएको छ, ‘प्रम शेरबहादुर देउवाले हिंसा भड्काउने र संविधानको बर्खिलाप भाषण दिने मन्त्री रेणु यादवलाई हटाउनुपर्‍यो या नेपाली कांग्रेसले राजनीतिमा हिंसालाई जायज ठान्छ भन्नुपर्‍यो । अर्को बाटो छैन ।’

भौतिक पूर्वाधारमन्त्री यादवले बुधबार रौतहट सदरमुकाम गौरमा आयोजित कार्यक्रममा अर्को गौर नरसंहार मच्चाएर जनमत पार्टीका अध्यक्ष सिके राउतको हत्या गर्ने धम्की दिनुभएको थियो ।