काठमाडौं – काठमाडौं उपत्यकाभित्र शुक्रबार मध्यराति १२ बजेदेखि सवारीसाधनमा जोर विजोर प्रणाली लागू गरिएको छ ।
कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि उपत्यका तीनवटै जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशमा शुक्रबार मध्यराति जिल्लाभित्र चल्ने सवारीसाधनमा जोर विजोर प्रणाली लागू गरिएको छ ।
‘जिल्लाभित्र जोर गते जोर र विजोर गते विजोर नम्बर प्रणालीमा सवारीसाधन सञ्चालन गर्ने’, जारी आदेशमा भनिएको छ ।
साथै लामो दूरीमा यात्रुको सम्भव भएसम्म एन्टिजेन परीक्षण गर्नुपर्ने पनि भनिएको छ ।
सवारीसाधन प्रयोग गर्दा अनिवार्य मास्क, सेनिटाइजरको प्रयोग गर्न, सिट क्षमताभन्दा बढी यात्रु नचढाउन आदेश दिइएको छ ।
बिहीबार जारी गरिएको आदेशमा अर्को सूचना जारी नभएसम्मका लागि लागू हुनेछ ।
प्रतिक्रिया