अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री देउवा गठबन्धनको बन्दी बनेकै हुन् ? : ईश्वर पोखरेल

प्रधानमन्त्री देउवा गठबन्धनको बन्दी बनेकै हुन् ? : ईश्वर पोखरेल


काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको बन्दी बनेको आरोप लगाउनुभएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले गौर नरसंहार दोहोर्‍याउने चेतावनी दिँदासमेत प्रधानमन्त्रीले उहाँलाई केही गर्न नसकेको भन्दै आपत्ति जनाउनुभएको छ ।  

नेता पोखरेलले शुक्रबार दिउँसो सामाजिक सञ्जालमार्फत देउवालाई एक्सन चाल्न आग्रह गर्नुभएको छ । ‘गठबन्धनकी एउटी नेतृ र बहालवाला मन्त्रीले विगतमा (आफूहरूद्वारा) घटित गौर नरसंहार दोहोर्‍याउने उद्दण्ड हुंकार गरिन् । विगत गौर नरसंहारमा पीडित हूँ भन्ने र अहिलेको गठबन्धनका प्रमुख सूत्राधार हूँ भन्ने केही बोल्छन्-बोल्दैनन्, गर्छन् गर्दैनन् ? प्रम देउवा गठबन्धनको बन्दी बनेकै हुन् ?’ एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रश्न गर्नुभएको छ ।