जनकपुर – भौतिक योजना तथा यातायात मन्त्री रेणु कुमारी यादवले गैर राजनीतिक अभिव्यक्ति दिएकोले तत्काल राजिनामा दिनुपर्ने माग सहित युवा संघ नेपालले मधेस प्रदेशका सबै जिल्लामा विरोध प्रदर्शन गरेको छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका सहइन्चार्ज सञ्जिव कुमार झाका अनुसार सप्तरी देखि रौतहटसम्मका आठ वटै जिल्ला कमिटीहरुले आज मन्त्री यादवलाई बर्खास्त गर्न माग गरेका हुन् । उनीहरुले सदरमुकाममा नाराजुलुस र कतै टायर पनि बालेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल मन्त्री यादवलाई बर्खास्त नगरे युवा संघले आन्दोलनलाई थप सशक्त पार्ने चेतावनी युवा र्संघका नेताहरुले दिएका छन् ।
मन्त्री यादवले बुधबार गौरमा आयोजित कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतलाई गौर काण्ड जस्तै अर्को काण्ड मच्चाएर हत्या गर्ने धम्की दिनुभएको थियो । मर्यादा विपरितको उक्त अभिव्यक्तिका कारण मन्त्री यादवलाई पदबाट बर्खास्त गर्न सर्वत्र माग गरिएको छ ।







प्रतिक्रिया