काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारको ६ महिना उपलब्धिमूलक रहेको दाबी गर्नुभएको छ ।
आज राष्ट्रको नाममा सम्बोधन गर्दै उहाँले ६ महीनाको अवधिमा खोप कार्यक्रमलाई सशक्त रूपमा अघि बढाइएको बताउनुभयो । उहाँले केही समयभित्रै ११ वर्षमुनिका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप उपलब्ध गराइने उल्लेख गर्नुभयो ।
४७ बुँदामा ६ महिनाको उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री देउवाले यसै महिनादेखि ६० वर्षमाथिका नागरिकलाई ‘बुस्टर डोज’ दिइने जानकारी दिनुभयो । उहाँले ८२ वटा झोलुंगे पुल र १७७ किलोमिटर सडक कालेपत्र गर्न सफल भएको पनि बताउनुभयो ।
उहाँले एक वर्षभित्र मेलम्चीको खानेपानी काठमाडौंमा ल्याइने, जीटुजीको माध्यमबाट रासायनिक मल खरिद गरिने, धान र उखुको न्यूनतम समर्थन मूल्य तोकेकोलगायत विषयहरू उपलब्धिका रूपमा प्रस्तुत गर्नुभयो।

















प्रतिक्रिया