काठमाडौं – पत्रकार एलबी विश्वकर्माको मृत्युमा उठेका गम्भीर प्रश्नहरू छानबिन गर्न र दोषीमाथि कडा कारबाहीको माग गर्दै प्रेस काउन्सिल नेपालको टोली सिभिल अस्पताल पुगेको छ।
अस्पतालको व्यवस्थापन र स्वास्थ्यकर्मीको व्यवहारप्रति चौतर्फी प्रश्न उठिरहेको समयमा प्रेस काउन्सिलको टोलीले आफूहरूको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही गरिनु पर्ने बताउनुभयो ।
पत्रकार ठाकुर बेल्यासेले अस्पताल प्रशासनसँगको छलफलमा आफूहरूले दोषीमाथि कडा कारबाहीको माग गरेको बताउनुभयो । उहाँले राजधानीमै अस्पताल पुगेका पत्रकारले उपचार नपाएर ज्यान गुमाउनु दुखद भएको बताउनुभयो ।
प्रतिक्रिया