काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार पत्रकार सम्मेलन गर्ने हुनुभएको छ ।
पत्रकार सम्मेलनमा सरकारले घोषणा गर्न आलटाल गरिरहेको स्थानीय तहको निर्वाचन,आज प्रधनमन्त्रीले सम्बोधनमा आफ्नो सरकारले गरेका विकास निर्माणका कामहरुको वास्तविकता र समग्र राजनीतिक परिस्थितीका बारेमा एमालेको धारणा सावर्जनिक गर्ने तयारी रहेको बालकोट स्रोतले जनाएको छ ।
पार्टीका उपमहासचिव विष्णु रिमालका अनुसार आइतबार पत्रकार सम्मेलन गर्ने तयारी छ । पत्रकार सम्मेलन भर्चुअल गर्ने कि भौतिक उपस्थितीमा गर्ने यकिन भइनसकेको रिमालले जानकारी दिनुभयो । पत्रकार सम्मेलनको स्थान र समय तय हुन बाँकी रहेको अध्यक्षको सचिवालयले जनाएको छ ।







प्रतिक्रिया