काठमाडौं– सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता चार महिनाको उपचारपछि आज स्वदेश फर्कंदै हुनुहुन्छ ।
जन्डिस देखिएर नेता पुनलाई उपचारका लागि गत असोज १३ गते बैंकक लगिएकोमा स्वास्थ्य समस्या यथावत् रहेकाले गत मंसिर १० गते चीन लगिएको थियो ।
माओवादीका केन्द्रीय सदस्य एवं नेता पुनकी स्वकीय सचिव दुर्गा चापागाईंका अनुसार पुनलाई थर्ड पिपल्स हस्पिटल अफ सेनजेनबाट डिस्चार्ज गरिसकिएको छ ।
सुरुमा थाइल्याण्डस्थित समितिभेज अस्पतालमा उपचार भइरहेको थियो । जटिल प्रकारको जण्डिसबाट पीडित नेता पुनको स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि चिकित्सको सुझावका आधारमा चीनको सेनजेन पठाइएको हो । नेता पुनसँगै उनकी पत्नी एवं पूर्वसभामुख ओनसरी घर्ती र छोरी शीला पनि बैंककबाट चीनको सेनजेनमै थिए ।
यसअघि पनि वर्षमानलाई ज्वरो आएर निमोनिया भएको थियो। उनी २०७२ र २०७३ मा तीन पटक बैंकक गएका थिए।
उनी २०७२ कात्तिकमा पनि उनी बैंकक गएका थिए। त्यसबेला उनी तीन महिना उपचार गरेर फर्किएका थिए। त्यसलगत्तै फागुनमा उन फलोअपमा गएर फर्किएका थिए।
त्यसपछि २०७३ फागुन ७ मा बिरामी भएर उनलाई धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो।
त्यसपछि नेपालको उपचारले काम नगरेकाले उनलाई २०७३ फागुन १५ गते बैंककको समितिभेज अस्पताल लगिएको थियो।
त्यसबेला पनि उनलाई निमोनिया, ज्वरो र लगातार बान्ता हुने समस्या थियो। उनी त्यसबेला एक महिना लामो उपचारपछि स्वदेश फर्किएका थिए।







प्रतिक्रिया