अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाबुराम भट्टराई र हिट्लर दाजुभाइ हुन् : गोकुल बास्कोटा

बाबुराम भट्टराई र हिट्लर दाजुभाइ हुन् : गोकुल बास्कोटा


काठमाडौं- नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले जनता समाजवादीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र फासीवादी हिट्लर दाजुभाइ भएको टिप्पणी गर्नुभएको छ । भट्टराईले नेकपा एमालेलाई फासीवादी तत्त्व भएको आरोप लगाएपछि बाँस्कोटाले जवाफ दिनुभएको हो ।

भट्टराईले सामाजिक सञ्जालमा लेख्दै- ‘६ महिनादेखि संसद् अवरुद्ध गर्ने र सर्वदलीय बैठक बहिष्कार गर्नेहरू ‘बहुदलीय जनवाद’को खोलभित्र एकदलीय सर्वसत्तावादको अभ्यास गर्ने नवफासीवादी तत्त्व हुन् । हिट्लरको मार्गनिर्देशक सिद्धान्त ‘राष्ट्रिय समाजवाद’ थियो र चुनावबाटै आएको थियो !’

जवाफमा नेता बास्कोटाले रोल्पाको ​हारजंगमा आठ जना नागरिकलाई घरभित्रै थुनेर जिउँदै जलाएर मारेको, चितवनमा चार वर्षीया बालिका काजोल खातुनलाई बसभित्रै जलाएर मारेको भन्दै बाबुराम भट्टराईमाथि कटाक्ष गर्नुभएको छ ।

त्यस्तै नेता बास्कोटाले भट्टराईले बारम्बार एमालेलाई हिटलरसँग जोड्न खोज्नुको अर्थ के हो ? हिट्लरको ग्यास च्याम्बर र भट्टराईको हारजंग च्याम्बरमा कुनै भिन्नता नरहेको बताउनुभएको छ ।

माओवादी युद्धको बेला रोल्पाको हारजंगमा ८ जना एमाले समर्थकलाई घरभित्रै आगो लगाएर मारिएको थियो । बास्कोटाले सोही घटना बाबुरामलाई स्मरण गराएका हुन् ।

नेता बास्कोटाले बाबुरामलाई जवाफ दिंदै भन्नुभएको छ– ‘सामाजिक फासीवादी भट्टराई र फासीवादी हिट्लर दाजुभाई हुन् । रेनुको राजीनामा रोक्न सार्वजनिक धम्कि दिनु आवश्यक छैन । विदेशी एजेण्डा बोक्ने भट्टराई उफ्रेर एमालेको केही हल्लदैन।’