अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

१० हजार २५४ जनामा कोरोना पुष्टि, १६ जनाको मृत्यु

१० हजार २५४ जनामा कोरोना पुष्टि, १६ जनाको मृत्यु


कामाडौं – देशभर थप १० हजार २५४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । २० हजार १८७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८ हजार २१२ तथा एन्टिजेन विधिबाट २ हजार ४२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ जना कोरोना सङ्क्रमितले ज्यान गुमाएका छन् । हालसम्म देशमा ११ हजार ६५१ जना सङ्क्रमितले ज्यान गुमाइसकेका छन् ।

यही अवधिमा थप ७०८ जना सङ्क्रमणमुक्त पनि भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ८ लाख २० हजार २८३ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

देशभर हाल ७२ हजार ८६२ जना सक्रिय सङ्क्रमित रहेका छन् । मन्त्रालयका अनुसार थप १ लाख ९६ हजार ८५७ जनाले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् ।

नयाँ संक्रमितमध्ये ५३०६ जना काठमाडौं उपत्यकाका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ३७६२, ललितपुरमा १११० र भक्तपुरमा ४३४ जना संक्रमित थपिएका हुन् ।

यस्तै कास्कीमा ४००,मोरङमा २७३, सुनसरीमा २१२, कैलालीमा १७०, चितवनमा १५३,रुपन्देहीमा१४९, बाँकेमा १४८, मकवमानपुरमा १४७ र काभ्रेमा १०१ जनामा संक्रमण पुष्टि भएको छ ।