अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुर्खेत क्षेत्र नम्बर २ (क) बाट एमाले प्रदेश प्रतिनिधि चयन

सुर्खेत क्षेत्र नम्बर २ (क) बाट एमाले प्रदेश प्रतिनिधि चयन


सुर्खेत – नेकपा एमाले सुर्खेतले प्रदेश प्रतिनिधि छनौट गरेका छन् । यही माघ २८ र २९ गतेलाई तोकिएको कर्णाली प्रदेशसभाको अधिवेशनका लागि एमालेले प्रतिनिधि छनौट गरिरहेको हो ।

एमालेले शनिबार सुर्खेत क्षेत्र नम्बर २ (क) बाट सर्वसम्मत रुपमा प्रतिनिधि छनौट गरेको हो ।

एमाले सुर्खेतका अनुसार कुलमणि देवकोटा, हरिहरनाथ योगी, गंगाराम तिमिल्सेना, केशरबहादुर तारामी, डम्मर तिवारी, पूर्णप्रसाद पौडेल रहेका छन् ।

यस्तै, खड्ककुमार भट्टराई, ऋषि गिरी, निलकण्ठ खनाल, चर्तुभूज शाही, विष्णुबहादुर शाही, टिकाराम आचार्य पनि अन्यबाट सिफारिस भएका छन् ।

त्यस्तै, महिलाबाट टीका अधिकारी, वाग्मती गुरुङ्ग, मधरानी ढकाल, लक्ष्मी शाही, धर्मा सुवेदी र देवि पौडेल सर्वसम्मत प्रतिनिधिमा चयन भएका छन् ।

दलिततर्फ गंगाराम सुनार, प्रेम रामदाम, रत्नबहादुर सुनार र भीमबहादुर गुरताल छानिदा दलित महिला कोटाबाट मञ्जु नेपाली र लक्ष्मी विक चयन भएका छन् ।