अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय जनमोर्चाले व्यक्ति हत्याको राजनीतिलाई सही मान्दैन : चित्रबहादु केसी

राष्ट्रिय जनमोर्चाले व्यक्ति हत्याको राजनीतिलाई सही मान्दैन : चित्रबहादु केसी


काठमाडौं – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादु केसीले पनि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ ।

अध्यक्ष केसीद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ- ‘राष्ट्रिय जनमोर्चाले व्यक्ति हत्याको राजनीतिलाई सही मान्दैन । सरकारको जिम्मेवार मन्त्रीले त्यसप्रकारको अभिव्यक्ति दिनु सही होइन। हामीले मन्त्री यादवको त्यस प्रकारको अभिव्यक्तिको विरोध र भर्त्सना गर्दछौँ ।’

गत बिहीबार बलिदानी दिवस मनाउन गौर पुग्नुभएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई ज्यान मार्ने धम्की दिनुभएको थियो ।

७ चैत २०६३ मा राइसमिलमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीबीच भएको हिंसात्मक घटनामा माओवादीका २८ कार्यकर्ताको हत्या भएको थियो ।