काठमाडौं– प्रधानमन्त्रीको सम्बोधन तथा पछिल्लो राजनीतिक तथा आर्थिक संकटबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने भनिएको पत्रकार सम्मेलन रोकिएको छ ।
कोभिड संक्रमणको जोखिम उच्च हुँदै गएपछि आज निर्धारित पत्रकार सम्मेलन स्थगित गरिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।
सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने गरी स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरेकाले पत्रकार सम्मेलन स्थगित गरिएको रिजालको भनाइ छ ।
अध्यक्ष ओलीले बक्तव्यमार्फत पार्टी धारणा सार्वजनिक गर्नुहुनेछ ।







प्रतिक्रिया