काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले, पार्टीको विधानबाट राजसंस्था र सनातन हिन्दू राष्ट्र भन्ने शव्द हटाउन निर्वाचन आयोगले भन्नु नै गैरसंवैधानिक भएको जनाएको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन आयोग नै संविधानको मर्म र भावना विपरीत गएको प्रतिक्रिया दिनुभयो । उहाँले आइतबार नै पदाधिकारी बैठक बोलाइएको जानकारीसमेत दिनुभयो ।
आयोगले संविधानको प्रस्तावना र भावना प्रतिकूल भएको भन्दै राप्रपालाई विधानमा राजसंस्था र सनातन हिन्दू राष्ट्र भन्ने शब्द हटाउन पत्र पठाएको थियो ।
आयोगको पत्र सार्वजनिक गर्दै पूर्वअध्यक्ष कमल थापाले नेतृत्व नबोलेकोमा आश्चार्य प्रकट गर्नुभएको थियो ।







प्रतिक्रिया