काठमाडौं -राष्ट्रिय प्रजातन्त्र पार्र्टीक अध्यक्ष राजेन्द्र लिङदेनले पदाधिकारी बैठक बोलाउनु भएको छ । निर्वाचन आयोगले राप्रपाको विधान र झण्डा सच्याउन निर्देशन दिएपछि अध्यक्ष लिङदेनले पदाधिकारी बैठक बोलाउनुभएको हो ।
१ बजेपछि राप्रपा केन्द्रीय कार्यालयमा बस्ने बैठकमा निर्वाचन आयोगको पत्र, राष्ट्रिय सभा निर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ । राप्रपा केन्द्रीय सदस्य मोहन श्रेष्ठले निर्वाचन आयोगले विधानबाट राजसंस्था, हिन्दूराष्ट्र लगायतका शब्द हटाउन तथा झण्डा परिमार्जन गर्न पत्र काटेको बारे बैठकमा छलफल हुने जानकारी दिनुभयो ।







प्रतिक्रिया