काठमाडौ -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनमत पार्टीका अध्यक्ष सिके राउतको हत्या गर्ने धम्की दिने मन्त्री रेणुु यादवलाई कारबाही नगर्नु आपत्तीजनक भएको बताउनुभएको छ ।
मुलुकले सामना गरिरहेका मुख्य चुनौतीका बारेमा एमालेको दृष्टिकोण सार्वजनिक गर्न जारी गरेको वक्तव्यमा अध्यक्ष ओलीले उक्त कुरा उल्लेख गर्नुभएको छ ।
‘ एकजना मन्त्रीबाट जनमत पार्टीका नेताहरुलाई ’गौर काण्ड‘ जस्तै घटना दोहो¥याएर हत्या गर्न धम्की दिइएको छ । यस्तो कार्य आपत्तिजनक, आपराधिक र बर्बरतायुक्त छ ’ अध्यक्ष ओलीले वक्तव्यमा भन्नुभएको छ ‘ यस्तो अभिव्यक्ति दिने व्यक्तिलाई हालसम्म पनि कारवाही नगरी पदमा बहाल राखिरहनु अत्यन्त आपत्तिजनक छ ।’







प्रतिक्रिया