अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राप्रपाको चार प्रदेशमा भेला सम्पन्न

राप्रपाको चार प्रदेशमा भेला सम्पन्न


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले चार प्रदेशमा प्रादेशिक भेला सम्पन्न गरेको छ । पार्टीले हालै प्रदेशस्तरीय भेलाका क्रममा लुम्बिनी, गण्डकी, सुदूरपश्चिम र प्रदेश नं २ (हालै मधेस प्रदेश नामकरण) मा राजनीतिक गतिविधि सञ्चालन गरको वरिष्ठ नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

पछिल्लो समय बढदै गरेको कोराना सङ्क्रमणका कारण बाँकी तीन प्रदेशमा अहिलेलाई भेला तथा भीडभाड हुने राजनीतिक कार्यक्रम स्थगन गरेको पार्टीले स्थानीय तहको समयावधि सकिन लागेको अहिलेका अवस्थामा नयाँ निर्वाचनअगावै प्रदेश, जिल्ला, क्षेत्र, नगर, वडास्तरसम्म सङ्गठन सुदृढीकरणका लागि योजना बनाएको थियो ।

गत मङ्सिरमा सम्पन्न पार्टीको महाधिवेशनबाट राजेन्द्र लिङ्देनको नेतृत्वमा निर्वाचित कार्यसमितिले कोराना सङ्क्रमण न्यूनीकरण हुनेबित्तिकै भेला तथा सङ्गठन विस्तारका अभियान सञ्चालन गर्ने जनाएको छ ।

पार्टीले संसदीय समिति, निर्देशन समिति, योजना तथा अनुगमनलगायत समिति तथा ४० भन्दा बढी विभाग गठन गर्न बाँकी छ । पार्टीले विधानबाट हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाको विषय हटाउन हालै निर्वाचन आयोगले दिएको सुझावमा नेता श्रेष्ठले भन्नुभयो, “कुन राजनीतिक दलले कुन सिद्धान्त अवलम्बन गर्ने भन्ने विषय नितान्त पार्टीको हुनुपर्छ, त्यो विचारलाई चुनावमा जनताले अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्छन् ।”