प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा सत्तारुढ पाँच दलीय गठबन्धन र कानूनविदहरुसँगको छलफल सुरु भएको छ।
स्थानीय तहको निर्वाचनको अन्तिम समय कुन भन्ने विषयमा विवाद भइरहेका बेला कांग्रेस नेतृत्वको गठबन्धनले बालुवाटारमा कानुनविद्हरुसँग छलफल गरिएको हो ।
बालुवाटारमा केही बेरअघिबाट सुरु भएको छलफलमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलगायत सत्ता गठबन्धनका शीर्ष नेताहरु सहभागी छन्।
मंगलबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थानीय तह निर्वाचन ६ महिना सारेर वैशाख–जेठमा संघीय संसदको निर्वाचन गर्नुपर्ने प्रस्ताव गर्नुभएको थियो । त्यसपछि शुक्रबार बसेको गठबन्धनको बैठकले स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षे समय सकिने अन्तिम कार्यकाल कति हो भन्ने यकिन गर्न कानुनविद्सँग छलफल गर्ने निर्णय गरेको थियो।







प्रतिक्रिया