अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालमा कोरोना संक्रमितमध्ये ८८ प्रतिशतलाई ‘ओमिक्रोन’ भेरियन्ट

नेपालमा कोरोना संक्रमितमध्ये ८८ प्रतिशतलाई ‘ओमिक्रोन’ भेरियन्ट


काठमाडौं – नेपालमा कोरोनाभाइरस संक्रमितमध्ये ८८ प्रतिशतलाई ‘ओमिक्रोन’ भेरियन्ट रहेको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पछिल्लोपटक गरिएको जिन सिक्वेन्सिङ गर्दा ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा.समीर अधिकारीले जानकारी दिनुभयो ।

‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा संक्रमितमध्ये ३२ नमुनाको जिन सिक्वेन्सिङ गर्दा २८ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको हो,’ उहाँले भन्नुभयो, यसले संक्रमितमध्ये ८८ प्रतिशत ओमिक्रोन रहेको देखायो ।’ ३२ वटा नमूको जिन सिक्वेन्सिङ गर्दा २८ जनामा ओमिक्रोन देखिँदा चार वटामा भने डेल्टा भेरियन्ट रहेको हप्रवक्ता डा.अधिकारीले जानकारी दिनुभयो ।