अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रेणु यादवको भनाइ, ‘आगामी दिनमा सचेत रहनेछु’

रेणु यादवको भनाइ, ‘आगामी दिनमा सचेत रहनेछु’


काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले आफूले कसैप्रति हिंसाको प्रयोग गर्नेगरी अभिव्यक्ति नदिएको बताउनुभएको छ ।

सोमबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री यादवले आफूले कसैलाई उत्तेजित पार्ने अभिव्यक्ति नदिएको बताउनुभयो। ुहाम्रो पार्टीको भातृसंगठन ‘समाजवादी यूवा संघु ले रौतहटस्थित गौरमा श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो । त्यस सभामा मैले दिएको अभिव्यक्ति कसै प्रति लक्षित, कुनै पूर्वाग्रह वा दूरासयपूर्ण मानसिकताबाट नभई आपसी मुठभेड नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन र शान्तिपूर्ण विधिरप्रक्रियाबाटै राजनीतिक गतिविधि गर्ने अभिव्यक्तिलाई पछिल्लो समय विभिन्न माध्यमहरुद्वारा कसै कसैले पूर्वाग्रहपूर्ण ढंगले आ(आफ्नो तारिकाले अपव्याख्या गरेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ उहाँको भनाइ छ ।

माघ ५ गते रौतहटको गौरमा बलिदानी दिवसका अवसरमा आयोजित कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सीके राउतप्रति लक्षित गर्दै मन्त्री यादवले गौर नरसंहार दोहोर्‍याउने अभिव्यक्ति दिनुभएको थियो ।