काठमाडौं – पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २१ हजार २०१ नमुना परीक्षण गरिएको थियो । जसमध्ये १६ हजारर ६५४ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार ५४ र ४ हजार ५४७ नमुनाको एन्टीजेन टेष्ट गर्दा २ हजार २६५ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा २ हजार ५४० जना संक्रमणमुक्त भएका छन् । हाल देशभरमा ८२ हजार ५५० संक्रिय संक्रमित छन् ।
आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १० लाख ३३ हजार ६२६ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ६५९ पुगेको छ भने ८ लाख २४ हजार २३९ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० जना रहेका छन् । जसमध्ये ८० हजार ७७९जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ७७१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २३८ जना आईसीयू र ४३ जना भेन्टिलेटरमा उपचाररत् छन्।
यस्तै १० वर्ष मुनिका १२३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३८४ जना कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौं उपत्यकामा एकै दिन ४ हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार ६३४, ललितपुरमा ५८७ र भक्तपुरमा ४५५ जनामा कोरोना संक्रमण देखिएको हो।
प्रतिक्रिया