अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

कास्की प्रशासनद्वारा अत्यावश्यक बाहेकका सेवा स्थगित

कास्की प्रशासनद्वारा अत्यावश्यक बाहेकका सेवा स्थगित


पोखरा – जिल्ला प्रशासन कार्यालय कास्कीले अत्यावश्यक बाहेकका सेवा स्थगित  गरेको छ।

कार्यालयका सात कर्मचारीमा संक्रमण पुष्टि भएपछि प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले आज सूचना जारी गरेर भोलि (मंगलबार) देखि अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सेवा स्थगित गरिएको बताउनुयभो ।

नागरिकता तथा राहदानी वितरण, लेखा शाखाबाट हुने काम, संघ-संस्थालगायतका काम मंगलबारबाट नहुने, शान्ति सुरक्षा, मुद्दा व्यवस्थापन, विपद् व्यवस्थापनलगायत अत्यावश्यक सेवा सामाजिक मापदण्ड कायम राखेर हुने जनाइएको छ।