बारा– बाराको आदर्शकोतवाल गाउपालिका ३ मा जन्तीको लागि तयार गरिएको बेहुला चढने रथले किचेर बारामा दुई जनाको घटनास्थलमै ज्यान गएको छ ।
ब्रम्हबाबाको पूजा सकेर जन्तीको तयारीको लागी हिडेको मानव भीडलाई रथले सोमबार राति करिब सवा सात बजे रौंन्देको प्रत्यक्षदर्शीले बताएका छन् ।
एक्कासी हुईकिएको रथमा सवार २ जना महिलाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा १६ जना बढी मानिसहरु घाइते भएका छन । जसमध्ये ७ जनाको अवस्था गम्भिर रहेको छ ।
दुर्घटनामा रथमा सवार आदर्श कोतवाल गाउँपालिका वडा नम्बर–३ बतरा बस्ने बनारसी रामको छोरी १५ वर्षीया निलम कुमारी राम र सिम्रौनगढ नगरपालिका वडा नम्बर–७ जानकीनगर टोल बस्ने दिपेन्द्र रामकी श्रीमती २५ वर्षीया श्रीमती बालकुमारी रामकाृ मृत्यु भएको हो ।
घाइते मध्ये ९ जनाको कलैया स्थित राज्यलक्ष्मी रिलिफ हस्पीटल प्राली र ७ जनाको बीरगन्ज स्थित न्यूरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिनुभयो ।







प्रतिक्रिया