अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केन्द्रीय सल्लाहकार परिषदले भन्यो– राज्यका सबै अंग अस्तव्यस्त

केन्द्रीय सल्लाहकार परिषदले भन्यो– राज्यका सबै अंग अस्तव्यस्त


काठमाडौं– नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषदले राज्यका सबै अंग अस्तव्यस्त रहेको ठहर गरेको छ ।

परिषद अध्यक्ष अमृतकुमार बोहराले विज्ञप्ती जारी गर्दै राष्ट्र र जनताको सरोकारका सवालमा सरकार ज्यादा अनुत्तरदायी रहेकोसमेत बताउनुभएको छ । ‘यतिखेर देशमा गठबन्धनको सरकार छ । यो राष्ट्र र जनताको सरोकारका सवालमा ज्यादा अनुत्तरदायी छ । राज्यका सबै अंगहरु प्रायः अस्तव्यस्त छन् । आम जनता महंगीको चर्को मार खेप्न बाध्य छन् । कोरोनाको खोपसम्म राम्ररी दिनसकेको छैन । खोपमा अपचलन भएका कुराहरु आइरहेका छन्,’ विज्ञप्तीमा भनिएको छ, ‘औषधीको नाममा सिटामोलजस्तो सामान्य औषधी समेत नागरिकले राम्ररी पाउन सक्तैनन् । सरकार जनतालाई राहत सुविधा दिनुभन्दा नेकपा (एमाले) विरुद्ध षड्यन्त्रमा केन्द्रित छ । यस्तो अवस्थामा हामी राजनीतिक तथा वैचारिक रुपमा अझ सजग तथा सक्रिय बन्नु जरुरी छ । विरोधीहरुले फैलाएको भ्रमहरुलाई चिर्दै पार्टीको आन्तरिक एकतालाई सुदृढ पार्न बढी केन्द्रित बन्नुपर्दछ ।’

विप्टीमा नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशन पछि बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले केन्द्रीय सल्लाहकार परिषद्को नीतिगतरुपमा गठन गरिसकेकाले अन्यौलमा नपर्न पनि अपिल गरेको छ ।