काठमाडौं– नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यलाभ कामना गर्नेलाई धन्यवाद दिनुभएको छ ।
अध्यक्ष ओली कोभिड संक्रमणका कारण विगत चार दिनदेखि भक्तपुर, बालकोटस्थित आफ्नो निवासमा आराम गरिरहनुभएको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाप्रति चासो राख्दै विभिन्न माध्यमबाट स्वास्थ्यलाभको कामना गर्नुहुने स्वदेश तथा विदेशमा रहनुभएका सबैदिदीबहिनी तथा दाजुभाइहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।







प्रतिक्रिया