बुटवल – रुपन्देहीको देवदह नगरपालिकाको घोडाहा जंगलमा एक महिला र एक बालिकाको शव भेटिएको छ।
अन्दाजी ३२-३३ वर्षीया महिला र ५-६ वर्षीया बालिकाको शव पुर्वपश्चिम राजमार्गको छेउ जंगलमा मंगलबार दिउँसो भेटिएको हो । उनीहरुको पहिचान भइसकेको छैन। आमा छोरी भएको हुनसक्ने प्रहरीको अनुमान छ।
शवको प्रकृति हेर्दा बालिकाको घांटी रेटेर हत्या गरेर फालिएको हुन सक्ने इलाका प्रहरी कार्यालय देवदहले जनाएको छ ।
सडक छेउको जंगलमा शव भेटिएको खबर आएपछि अहिले प्रहरी घटनास्थल पुगेको छ। अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया