काठमाडौं – काठमाडौं उपत्यकामा थप ६ हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४ हजार ८७५, ललितपुरमा ७८२ र भक्तपुरमा ५१५ जनामा कोरोना संक्रमण देखिएको हो ।
मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार काठमाडौँमा ४१ हजार ६३३, ललितपुरमा ९ हजार ६६८ तथा भक्तपुरमा ५ हजार ५८१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने आठ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया