काठमाडौं- केन्द्रीय तथ्यांक विभागले आज १२ औं जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गर्दैछ ।
कोरोनाका कारण भर्चुअल विधीबाट बिहान सवा १० बजे पत्रकार सम्मेलन गरिने विभागका जनगणना शाखा प्रमुख ढुण्डीराज लामिछानेले जानकारी दिनुभयो ।
गत कातिक २५ देखि मंसिर ९ गतेसम्म भएको मुल जनगणनाका आधारमा प्रारम्भिक तथ्यांक तयार गरिएको लामिछानेले जानकारी दिनुभयो । लामिछानेका अनुसार प्रारम्भिक तथ्यांकमा कुल जनसंख्या,परिवार संख्या पुरुष,महिलाको संख्या जनगणना घर संख्या ,घर संख्या र विदेश गएको (अनुपस्थित) जनसंख्याको तथ्यांक आज सावर्जनिक हुँदैछ ।
जनगणना घर संख्या भन्नाले मानिस बसेको घरलाई जनाउछ । घर संख्या र जनगणना घर संख्याको तथ्यांक फरक फरक हुन्छ । जस्तै कतिपय घरहरुमा मानिस बसेका हुदैनन् । त्यस्तालाई घरसंख्यामा गणना गरिएको हुन्छ भने मानिस बसेको घरलाई जनगणना घरको रुपमा गणना गरिएको हुन्छ ।
जनगणना सकिएको तीन माहिनामा नै प्रारम्भिक नतिजा कसरी आयो त ? विभागका अनुसार हरेक गणकले आफूले घरपरिवारमा गएर फारम पुस्तक भरिसकेपछि उक्त पुस्तमा सम्लित उल्लेखित आठ प्रकारका तथ्यांकहरुको कुल संख्या फारम पुस्तकको बाहिर पृष्ठ(कभर पेज)मा भर्छन् । जनगणना कार्य सकिएपछि आफूले भरिसकेका सबै फारम पुस्तकको कभर पेजमा राखेको संख्या जोडेर अर्को कन्ट्रोल फारम भर्नु पर्दछ । यसरी हरेक गणकले भरेका कन्ट्रोल फारमको तथ्यांक जोडेर देशभरीको प्रारम्भिक तथ्यांक तीन महिनामा प्रकाशन गर्न सकिएको लामिछानेले जानकारी दिनुभयो ।
२०७८ को जेठ २५ देखि असार ९ गतेसम्म जनगणना गर्ने तयारी गरिएको भए पनि त्यसबेला कोरोनाका कारण लक डाउन भएकोले जनगणनाका सबै कार्यक्रम बैशाख २० गते देखि स्थगित भएका थिए ।
कोरोनाको प्रभाव घटेपछि २०७८ भदौ ३० गते देखि असोज १८ गतेसम्म विभागले करि ७ हजार सुपरिवेक्षक परिचलान गरेर घर तथा घरपरिवार सुचिकरणको काम गरेको थियो । यस्तै कातिक २५ देखि मंसिर ९ गतेसम्म करिब ४१ हजार गणक परिचालन गरेर मुल जनगणना सम्पन्न गरेको थियो ।







प्रतिक्रिया