अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय सभा निर्वाचनः गठबन्धनको अन्तिम उत्सव : विष्णु रिमाल

राष्ट्रिय सभा निर्वाचनः गठबन्धनको अन्तिम उत्सव : विष्णु रिमाल



काठमाडौं– एमाले उपमहासचिव विष्णु रिमालले राष्ट्रिय सभा निर्वाचन गठबन्धनको अन्तिम उत्सव भएको टिप्पणी गर्नुभएको छ ।

रिमालले राष्ट्रियसभाको हिजो सम्पन्न निर्वाचनबाट अपहरित पुरानो जनमतको बलमा गठबन्धनले मनाउने अन्तिम “उत्सव” सकिएको र चौतर्फी घेरा तोडेर विजयी सोनाम ग्याल्जेन शेर्पा विजयी भएको बताउनुभएको छ ।

‘अब हुने निर्वाचन ‘रियल’ हो, जसले नयाँ जनादशेको मानक तय गर्नेछ,’ रिमालले फेसबुकमा लेख्नुभएको छ, स्पष्ट छ, निर्वाचन हुँदा एक्लो एमाले सिङ्गो गठबन्धनमाथि भारी हुने भएकैले उनीहरु चुनावबाट भाग्ने बहानावाजी गर्दैछन्। संविधान र कानुनमा छिद्र पार्दै त्यसबाट छिरेर मिहेनतका साथ जारी गरिएको संविधान च्यात्ने धुनमा उनीहरु छन् ।’