काठमाडौँ- प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गर्दै हुनुहुन्छ ।
स्थानीय तहको निर्वाचनको मिति तोक्न ताकेता गर्दै निर्वाचन आयोगले आज प्रधानमन्त्री देउवासँग छलफल गर्न लागेको हो।
आयोगले आगामी ५ जेठसम्म मात्र स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल रहेकाले यदि स्थानीय तहको निर्वाचन गराउने हो भने एक सय २० दिनको समय आवश्यक पर्ने भन्दै छिटो निर्वाचनको मिति तोक्न प्रधानमन्त्रीसँग छलफल गर्न लागेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिनुभयो ।
स्थानीय तहको निर्वाचनबारे धारणा बनाउन प्रधानमन्त्री देउवाले शुक्रबार कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउनुभएको छ ।






प्रतिक्रिया