अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा निर्वाचनमा एमालेका दुईजना प्रदेश साँसदले विपक्षी उम्मेद्वारलाई मत हालेको आशंका

राष्ट्रियसभा निर्वाचनमा एमालेका दुईजना प्रदेश साँसदले विपक्षी उम्मेद्वारलाई मत हालेको आशंका


काठमाडौं – हिजो भएको राष्ट्रियसभा निर्वाचनमा एमालेका उम्मेद्वार गुरु बराललाई भोट नहाली दुई जना जनप्रतिनिधीले विपक्षी उम्मेद्वारलाई मत हालेका छन् । उनीहरु को को हुन् भनी छानविन भइरहेको १ नं प्रदेश कार्यलयले जनाएको छ ।
आफ्ना उम्मेद्वारलाई मत नहाल्ने प्रदेश साँसद भएको खुलेको र उनीहरुको पहिचान करिब भइसकेको एक नेताले जनाएका छन् । थप प्रमाण जुटाएर उनलाई पार्टीबाट निस्कासनको तयारी भएको ति नेताको भनाइ छ । त्यसका लागि पार्टीले आज छानविन समिती बनाएको छ । समितीको नाम गोप्य राखिएको छ ।

एमालेकै जनप्रतिनिधिहरुले भोट नहाल्दा गुरु बराल पराजित हुनुभएको थियो ।
नेकपा एमाले प्रदेश १ संयोजक तुलसी न्यौपानेले विज्ञप्ती जारी गरेर पार्टीमाथि अन्तरघात गर्नेलाई कारवाही हुने चेतावनी दिनुभएको छ ।

‘पार्टी निर्णय र हित विरुद्धमा चालिएका अन्तरघाती कदमको वस्तुनिष्ठ छानविन गरी दोषी उपर कडा कारबाही गर्न हाम्रो पार्टी नेकपा एमाले दृढसंकल्पित छ ’नेउपानेले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

बराललाई एमालेकै जनप्रतिनिधिहरुले मत नहाल्दा गोलाप्रथाबाट पराजित भएका हुन् । गठबन्धनका उम्मेदवार गोपाल बस्नेत र एमाले उम्मेदवार बरालले समान ४४८८ मत ल्याएका थिए । गोलाप्रथाबाट गठबन्धनका उम्मेदवार विजयी भएका थिए ।