अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोभिडले त्रिविका सेवा प्रभावित, डिन कार्यालय नै बन्द

कोभिडले त्रिविका सेवा प्रभावित, डिन कार्यालय नै बन्द


काठमाडौं- कोभिडको तीव्र संक्रमणका कारण त्रिभुवन विश्वविद्यालयका सेवा प्रभावित भएका छन् ।

विभिन्न कार्यालयबाट दैनिक रूपमा विद्यार्थीलाई दिइने सेवा कतै त बन्द नै भएका छन् । कतिपय कार्यालय सञ्चालन गर्न नसक्ने भएपछि बन्दको सूचना निकालेका छन् । कतिपय कार्यालय बन्द भएर पुनः सुचारु भएका छन । तर, बन्दपछि खुलेका ती कार्यालयको समेत सेवा प्रभावित छन् ।

त्रिविको मानविकी तथा सामाजिक शास्त्र संकायको डिन कार्यालयबाट दिने सेवा मंगलबारदेखि शुक्रबारसम्म बन्द छ ।

मानविकी संकायमा पनि कोभिड संक्रमित धेरै भएपछि सेवा रोक्ने तयारी छ ।

शिक्षाशास्त्र संकायको डिन कार्यालय पनि तीन दिन बन्द भएर सोमबारदेखि सञ्चालनमा आएको छ ।

त्रिविमा अहिले परीक्षा नियन्त्रण कार्यालयमा धेरै कर्मचारी कोभिड संक्रमित भएपछि जनसम्पर्क बन्द गरेको थियो ।