काठमाडाैं- भेरी अस्पतालमा उपचारका क्रममा बर्दिया मधुवन नगरपालिका–६ का ७१ वर्षीय पुरुषले मात्रै खोप लगाएको पाइएको छ । उनको मङ्गलबार उपचारका क्रममा भेरी अस्पतालमा निधन भएको हो ।
भेरी अस्पतालमा निधन भएका अरूले खोप नलगाएको पाइएको छ । बाँकेमा कोभिडविरुद्धको खोप अनिवार्य गरिएको छ । खोप कार्ड नभएका व्यक्तिलाई सरकारी कार्यालयमा प्रवेश नदिने नियम बनाइएपछि पछिल्लो समय खोप लगाउनेको भीड देखिएको छ ।
भेरी अस्पतालमा बुस्टर खोप सञ्चालन भइरहेको छ । माघ १४ गतेदेखि जिल्लाभरका ८१ वटा वडामा कोभिसिल्ड र भेरोसेल खोपको बुस्टर डोज सञ्चालन गरिने स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
प्रतिक्रिया