कञ्चनपुर – प्रहरीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ डम्बर चौराहबाट खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा दोधारा चाँदनी नगरपालिका–७ बाबाथान बस्ने २४ वर्षीय विवेक रानामगर, २० वर्षका राहुल रानामगर ‘रोक्की’ र सो नगरपालिका–६ स्थित शान्ति टोल बस्ने १८ वर्षीय किशोर छन् । उनीहरुको साथबाट ४ ग्राम ८५० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रतिक्रिया