अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्ड र माधव नेपाललाई कांग्रेससँग पार्टी एकता गर्न महेश बस्नेतको सुझाव   

प्रचण्ड र माधव नेपाललाई कांग्रेससँग पार्टी एकता गर्न महेश बस्नेतको सुझाव   


चितवन – नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई नेपाली कांग्रेससँग पार्टी एकता गर्न सुझाव दिनुभएको छ ।

प्रेस चौतारी चितवनले भरतपुरमा गरेको पत्रकार सम्मेलनमा उहाँले नेपालमा कांग्रेस र कम्युनिष्ट दुईवटा दलको आवश्यकता रहेको भन्दै प्रचण्ड र नेपाललाई कांग्रेससँग पार्टी एकता गर्न सुझाव दिनुभएको हो ।

नेपालमा च्याँखे थाप्ने दलको काम छैन, यसले विकास र समृद्धि रोकिन्छ । ठूला दलका बीचमा खेलेर अस्थिरता सिर्जना गर्ने यस्ता दललाई जनताले पनि साथ दिन हुन्न ।’

 उहाँले पाँच दल मिल्दा पनि एमालेलाई चुनावमा जित्न नसक्ने भएकोले गर्दा स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्र भइरहेको दाबी गर्नुभयो । स्थानीय तहको निर्वाचन सार्न संविधानको अपव्याख्या गर्ने काम स्वयं सरकारले गरिरहेको नेता बस्नेतले बताउनुभयो ।

स्थानीय तहको निर्वाचन नगर्ने षड्यन्त्रका विरुद्ध एमाले आन्दोलनमा जाने नेता बस्नेतले चेतावनी दिनुभयो । उहाँले सरकार र त्यसको नेतृत्व सबैतिर असफल भएको आरोप लगाउनुभयो ।