अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री देउवासँगको वार्तालगत्तै प्रचण्डले बोलाए माओवादी मन्त्रीहरुको छुट्टै बैठक

प्रधानमन्त्री देउवासँगको वार्तालगत्तै प्रचण्डले बोलाए माओवादी मन्त्रीहरुको छुट्टै बैठक


काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुसँग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग आज बिहान भएको छलफलमा राम्रो नभएपछि दबाब दिन प्रचण्डले देउवा सरकारमा सहभागी आफ्नो दलका मन्त्रीहरुको छुट्टै बैठक बोलाउनु भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग आज बिहान भएको छलफलमा राम्रो नभएपछि दबाब दिन प्रचण्डले देउवा सरकारमा सहभागी आफ्नो दलका मन्त्रीहरुको छुट्टै बैठक बोलाउनु भएको हो । आफूहरुले नेतृत्व गरिरहेका मन्त्रालयबाट जनसेवाका कामलाई कत्तिको प्रभावकारी रुपमा जनमुखी बनाउन सकियो भन्ने विषयमा छलफल गर्न मन्त्रीहरुलाई बैठकमा बोलाइएको भएता पनि प्रधानमन्त्री देउवाले आफ्नो कुरा नसुनेको गुनासोसहित घेरावन्दीका योजना बनाउन मन्त्रीहरुलाई बोलाइएको हो । प्रचण्डको सचिवालयले सरकार सञ्चालन संयन्त्रको बैठकका रुपमा सिंहदरवारस्थित प्रचण्डकै कार्यकक्षमा मन्त्रीहरुसँग छलफल भएको थियो ।

बैठकमा पार्टीको तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरु र राज्यमन्त्रीहरु हुनुहुन्छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रचण्ड र माधवकुमार नेपालसँगको छलफलमा निर्वाचनको बिषयलाई लिएर कांग्रेसभित्र खेल्ने काम नगर्न र कांग्रेसलाई चलाउने दुश्शाहस नगर्न चेतावनी दिनुभएको थियो । प्रधानमन्त्रीको यो भनाईपछि निरास बन्नुभएका प्रचण्डले लगत्तै मन्त्रीहरुको छुट्टै बैठक बोलाउनु भएको हो।