अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गाउँपालिकाबाट ५३ लाख चोरी प्रकरणमा वडा सचिव, कार्यालय सहायक र सहयोगी विरूद्धमा मुद्दा दर्ता

गाउँपालिकाबाट ५३ लाख चोरी प्रकरणमा वडा सचिव, कार्यालय सहायक र सहयोगी विरूद्धमा मुद्दा दर्ता


काठमाडौँ – सामाजिक सुरक्षा भत्ता र राजश्व रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको पञ्चकन्या गाउँपालिकाका तीन कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पञ्चकन्या गाउँपालिका-२ की वडासचिव सरिता राउत, कार्यालय सहायक रामकुमार गिरी र कार्यालय सहयोगी निलप्रसाद मिश्रविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको गरेको हो ।

आयोगले पञ्चकन्या गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ताको रु.५३ लाख चोरी भएको विषयमा वडा सचिव सरिता राउत, कार्यालय सहायक रामकुमार गिरी र कार्यालय सहयोगी निलप्रसाद मिश्र विरूद्धमा मुद्दा दर्ता गरेको हो । आयोगका सहप्रवक्ता वेदप्रसाद भण्डारीले शुक्रबार विशेष अदालत काठमाडौँमा मुद्दा दयार गरेको जानकारी दिनुभयो ।

गत ०७७ चैत २४ गते बैंकबाट ल्याएको सामाजिक सुरक्षा भत्ता र वडामा उठेको राजश्व रकम गरी ५३ लाख एक हजार ८५६ रुपैयाँ शंकास्पद तरिकाले हराएको थियो । वडासचिव राउतलगायतले रकम हराएको बारेमा प्रहरीमा उजुरी नगरेको र कार्यालयबाट हराएको बताए पनि कुनै तोडफोड नभएको, पैसा राखिएको दराजको चाबी सरिता र रामकुमारसँग रहेको र ढोकाको चाबी निलप्रसादसँग रहेको पुष्टि भएको अख्तियारले जनाएको छ ।

उक्त घटनामा पैसा हराएको भनिए पनि सुरक्षा निकायलाई जानकारी नगराएको साथै सुरक्षाको लागि समन्वयसमेत नगरेको अख्तियारको भनाइ छ । उनीहरूले बदनियतपूर्णा तवरले सरकारी सम्पत्तिको हानी नोक्सानी गरेको ठहर गर्दै तीनै जनाविरुद्ध हानी नोक्सानी गरेको रकम ५३ लाख एक हजार ८५६ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो ।

अख्तियारले जारी गरेको विज्ञप्तिमा अनुसार ‘भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर हुन आएको हुँदा निजहरुलाई ऐ. ऐनको दफा १७ ले निर्देश गरेबमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) र ऐ.ऐ. दफा ३ को उपदफा (१) को देहाय (ज० बमोजिम बिगो रु।५३,०१,८५६।– ९अक्षेरुपी त्रिपन्न लाख एक हजार आठ सय छपन्न रुपैयाँ० कायम गरी सजाय हुन साथै, ऐ। दफा १७ बमोजिम हानिनोक्सानी भएको बिगो रकम निजहरु सरिता राउत, रामकुमार गिरी र निलप्रसाद मिश्रबाट असुलउपर हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५९१० एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज बिशेष अदालत काठमाडौंमा आरोप(पत्र दायर गरिएकोू गरिएको छ ।

विज्ञप्ति :