काठमाडौं – कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले ट्याक्सीबाहेकका सार्वजनिक सवारी साधनबाट जोर-बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ । सीसीएमसीसीले ट्याक्सीबाहेकका सार्वजनिक सवारीको जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको हो ।
सीसीएमसीसीले मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर सार्वजनिक सवारीको जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको हो । सार्वजनिक सवारीमा भिड बढ्दा झनै जोखिम पनि बढेकाले जोरबिजोर प्रणाली हटाउने निर्णय भएको सीसीएमसीसीले जनाएको छ ।
निजी र ट्याक्सीबाहेकका सार्वजनिक सवारीबाट जोर–बिजोर हटाउन सिफारिस गर्ने निर्णय भएको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिनुभयो ।
‘जिल्ल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएसी)ले आफैं पनि जोर–बिजोर हटाउन सक्छन्,’ उहाँले भन्नुभयो, ‘प्रत्येक जिल्लालाई निर्देशन दिन नसकिने भएकाले हामीले मन्त्रिपरिषदमा सिफारिस गरेका हौं। अहिले ट्याक्सी र निजी बाहेकका सवारी साधनमा जोर-बिजोर हटाउन सिफारिस गरेका छौ ।’’
प्रतिक्रिया