अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले भक्तपुरद्वारा कार्यकर्ता संरक्षण कोष स्थापना

एमाले भक्तपुरद्वारा कार्यकर्ता संरक्षण कोष स्थापना


भक्तपुर – नेकपा एमाले भक्तपुरका जिल्ला अध्यक्ष बचन देउजाले कार्यकर्ता संरक्षण कोष स्थापना गर्नुभएको छ ।

नेकपा एमाले जिल्ला कमिटी भक्तपुरका अध्यक्ष एवं मदन भण्डारी स्पोर्टस एकेडेमीका केन्द्रीय उपाध्यक्ष बचन देउजाले आफ्नो जन्मदिनको अवसर पारेर नगद रु.५१ हजारबाट कार्यकर्ता संरक्षण कोषको स्थापना गर्नुभएको हो । अध्यक्ष देउजाले अप्ठ्यारोमा परेका कार्यकर्तालाई सहयोग गर्ने उद्देश्य उक्त कोष स्थापना गरेको बताउनुभयो ।

कार्यकर्ता संरक्षण कोषको स्थापनासँगै कोषलाई सहयोगार्थ नेकपा एमाले केन्द्रीय सदस्य एवं भक्तपुरका इन्चार्ज सोमप्रसाद मिश्रले पचास हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । त्यस्तै नेकपा एमाले भक्तपुरका नेता विष्णु तामाङले कोषका लागि ११ हजार १११ रुपैयाँ प्रदान गर्नुभएको छ ।

कार्यकर्ता संरक्षण कोष स्थापना भएसँगै अब भक्तपुरमा अप्ठ्यारो परेका एमालेका कार्यकर्ताहरूलाई कोषको कार्यविधि अनुसार सहयोग गर्न सहज हुने भएको छ ।