दैलेख – जबरजस्ती करणी उद्योग गरेको कसुरमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको दुल्लु नगरपालिका–१२ का २३ वर्षीय मनोज सुनार र जाजरकोट जुनीचाँदे गाउँपालिका–९ का १८ वर्षीय रमेश खड्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भुवनेश्वरप्रसाद साहले बताउनुभयो।
उहाँका अनुसार सुनारमाथि गत पुस ११ गते १९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोप छ । यसैगरी खड्कामाथि १८ वर्षीया किशोरीलाई गत पुस १२ गते जबरजस्ती करणी गरेको आरोप छ । प्रहरीमा परेको जाहेरीका आधारमा थप अनुसन्धानका लागि दुवैलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया