अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको आन्दोलनको चेतावनीले गठबन्धन हच्कियो,समय मै निर्वाचन गर्ने बारे छलफल गर्न आजै दोस्रो बैठक डाकियो

एमालेको आन्दोलनको चेतावनीले गठबन्धन हच्कियो,समय मै निर्वाचन गर्ने बारे छलफल गर्न आजै दोस्रो बैठक डाकियो


काठमाडौं -एमालेले स्थानीय तहको निर्वाचन तत्काल गर्नुपर्ने माग गर्दै देशव्यापी आन्दोलन चर्काउने चेतावनी दिएपछि सत्ता गठबन्धन हच्किएको छ ।
स्थनीय तहको चुनाव निर्धारित समयमा नगरेर पछि धकेल्ने निर्णयका लागि बोलाइएको गठबन्धन बैठकमा काँग्रेस र अरु पार्टीको मत बाझिएको छ । काँग्रेसले निर्धारित समयमा नै स्थानीय चुनवा नगरे आम जनतामा राम्रो सन्देश नजाने भएकोले जसरी पनि निर्वाचन गराउनु पर्ने तर्क अघि सारेको छ । यसैगरी समयमा निर्वाचन नगर्ने कुराको सुईंको पाएपछि एमालेले देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएकोले त्यसलाई थेग्न मुस्किल हुने बैठकमा सहभागी काँग्रेसका एक नेताले तर्क राखेका थिए ।
यता प्रचण्ड र माधव नेपालचाँही संविधान र कानुनीको खोट देखाएर भए पनि निर्वाचन सार्ने प्रयासमा अनवरत लागेका छन् । तर प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा जसरी पनि निर्धारित समयमा नै चुनाव गराउने अडानतिर अघि बढेपछि उनीहरु पनि त्यो प्रस्तावमा छलफल गर्ने तहमा पुगेको बालुवाटार स्रोतले जनाएको छ । स्रोतका अनुसार देशको सबभन्दा ठूलो पार्टीले आवधिक निर्वाचनको माग गर्दै आन्दोलनमा जाँदा त्यसको नकारात्मक असर काँग्रेसलाई पर्ने भएकोले जसरी पनि निर्वाचन गर्नुपर्छ भन्ने मत बलियो हुँदै गएको छ ।
आज बिवहानको गठबन्धन बैठकले समय मै स्थानीय तहको निर्वाचनको वातावरण बनाएको तर समय र अन्य बिषयमा थप छलफल गरेर आजै साँझ अर्को बैठकको आयोजना गरिएको काँग्रेसका एक नेताले जानकारी दिएका छन् ।
यता निर्वाचन हुँदा आफ्नो पार्टीको स्थिती के हुने भन्ने बारे प्रचण्ड र नेपालले आज दिउसो पार्टीका केही नेताहरुसँग अनौपचारिक छलफल गर्ने पनि बुझिएको छ ।